September 20, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले पछिल्लो समय चर्चामा रहेका अर्जेन्टिनी उदयीमान युवा खेलाडी भित्र्याउने विषयमा मुख खोलेका छन्।

एक कुराकानीका क्रममा जाभी हर्नान्डेजले अर्जेन्टिनी युवा खेलाडी क्लाउडियो इचेभेरीलाई बार्सिलोनाले भित्र्याउन चाहेको विषयमा मुख खोलेका हुन्।

जाभीका अनुसार क्लाउडियो इचेभेरीलाई बार्सिलोनाले नजिकबाट नियालिरहेको छ। भ्यालेन्सिया विरुद्धको खेल अघि पत्रकार सम्मेलनको क्रममा जाभीलाई इचेभेरीको विषयमा प्रश्न गरीएको थियो।

सो प्रश्नको जवाफ दिनेक्रममा जाभीले बार्सिलोनाको स्काउटिंग विभागले इचेभेरीलाई नियालिरहेको बताए। ब्राजिल विरुद्धको खेलमा तीन गोल गरेपनि इचेभेरी फरक खेलाडी रहेको जाभीको भनाई छ।

“इचेभेरी धेरै राम्रो प्रतिभा हुन्। ब्राजिल विरुद्ध तीन गोल गरेपनि उनी धेरै फरक खेलाडी हुन्। यो सबै स्काउटिंग विभागको जिम्मामा छ। उनीहरु यसमा छन्।”,जाभीले भने।

विभिन्न खेल मिडियाहरुका अनुसार बार्सिलोनाले रिभर प्लेटसँग वार्ता सुरु गरेको छ। इचेभेरीको ट्रान्सफर २५ मिलियन युरो भन्दा बढी रकममा हुन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *