September 19, 2024

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की फ्लप भएपछि क्याटलान क्लब बार्सिलोनाले खराब प्रदर्शनलाई जारी नै राखेको छ। लेवान्डोस्की चल्न नसक्दा बार्सिलोना शनिबार राति भ्यालेन्सियासंग बराबरीमा रोकियो।

भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले पहिला अग्रता लिएपनि त्यसलाई जोगाउन भने सकेन। अग्रता जोगाउन नसक्दा खेल १-१ को बराबरीमा टुंगियो।

भ्यालेन्सिया विरुद्ध बलमा राम्रो नियन्त्रण राखेपनि बार्सिलोना गोलमा भने चुक्यो। बलमा बार्सिलोनाले ६५ प्रतिशत नियन्त्रण राखेको थियो। तर बार्सिलोनाको आक्रमणपङ्ती खासै चल्न सकेन।

खेलको ५५ मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। तर खेलको ७० औं मिनेटमा घरेलु टोलीका लागि ह्युगो गुइलामोनले बराबरी गोल गरे।

यस बराबरीसंगै बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ। सिजनका १७ खेलमा १० जित, २ हार र ५ बराबरी सहित ३५ अंक बनाएको छ। त्यस्तै भ्यालेन्सिया भने २० अंक सहित १० औं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *