एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले च्याम्पियन्स लिगकोया नकआउट चरणमा कठीन प्रतिद्वन्दी पाउने देखिएको छ। च्याम्पियन्स लिगको समूह चरणमा अपेक्षा गरिए जस्तो प्रदर्शन गर्न नसकेको पिएसजीले नकआउटमा कठीन प्रतिद्वन्दी पाउने भएको हो।
च्याम्पियन्स लिगको समूह चरणमा पिएसजीले दुई मात्र जित निकाल्यो। समूह चरणका ६ खेल मध्ये २ खेलमा हार बेहोर्दा पिएसजीले दुई खेलमा बराबरी खेल्यो।
फलस्वरूप पिएसजी समूह ‘एफ’को उपविजेता भएर नकआउट चरणमा प्रवेश गर्यो। अब पिएसजीले नकआउटमा च्याम्पियन्स लिगमा समूह विजेताहरु मद्ये एकको सामना गर्नेछ।
जर्मन क्लब बोरुसिया डर्टमण्डको सामना समूह चरणमै गरिसकेका कारण पिएसजीले नकआउटमा डर्टमण्डको सामना गर्ने छैन। यसको अर्थ पिएसजीले अन्य समूहका बलिया प्रतिद्वन्दीको सामना गर्नेछ।
बायर्न म्युनिख, आर्सनल, रियल म्याड्रिड, रियल सोसिडाड, एट्लेटिको म्याड्रिड, म्यानचेस्टर सिटी र बार्सिलोना गरी सात समूह विजेता मद्ये एकसंग पिएसजीको सामना हुन सक्छ।
रियल सोसिडाड मात्रै पिएसजीका लागि केहि सहज प्रतिद्वन्दी हुन सक्छ। तर त्यसबाहेकका सबै प्रतिद्वन्दी पिएसजीका लागि कठीन हुन सक्छन्।