September 20, 2024

एजेन्सी – अर्जेन्टिना र लियोनेल मेस्सी विश्वविजेता बनेको एक वर्ष पुगेको छ। लामो समय विश्वकप उपाधि खडेरी पश्चात अर्जेन्टिना विश्वविजेता बनेको एक वर्ष पुगेको हो।

ठीक एक वर्ष अगाडी अर्जेन्टिनाले विश्वकपको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो। निर्धारित ९० मिनेट सम्म खेल २-२ को बराबरीमा तटुंगिएपछि समय थप गरिएको थियो र खेल खेल १ सय २० औं मिनेट सम्म चेको थियो।

तर खेल ३-३ को बराबरीमा टुंगिन पुग्यो। जसपश्चात विश्वकपको विजेताको टुंगो लगाउनको लागि पेनाल्टी सुटआउट गरिएको थियो। पेनाल्टी सुटआउटमा अर्जेन्टिना ४-२ ले विजयी भयो र विश्वकप विजेता बन्यो।

अर्जेन्टिना विश्वविजेता बनेको एक वर्ष पुगेपछि मेस्सीले सामाजिक संजाल मार्फत खुशी व्यक्त गरेका छन्। मेस्सीले विश्वकप विजेता बनेको पल जीवनभर रहिरहने सामाजिक संजालमा उल्लेख गरेका छन्।

“मेरो करियरको सबैभन्दा सुन्दर पलको १ वर्ष ।।।। अविस्मरणीय सम्झनाहरू जुन जीवनभर रहनेछ। सबैलाई वार्षिकोत्सवको शुभकामना !!!”,मेस्सीले सामाजिक संजालमा लेखेका छन्।

 

View this post on Instagram

 

A post shared by Leo Messi (@leomessi)

Leave a Reply

Your email address will not be published. Required fields are marked *