September 19, 2024

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले इटालियन क्लब नापोलीका स्ट्राइकर भिक्टोर ओसिमहेनलाई आफ्नो वैकल्पिक योजनामा समावेश गरेको छ।

विभिन्न खेल मिडियाहरुका अनुसार रियल म्याड्रिडले भिक्टोर ओसिमहेनलाई वैकल्पिक योजनामा समावेश गरेको हो। रियलले भिक्टोर ओसिमहेनलाई प्लान ‘बि’मा राखेको बताइएको छ।

रियल लामो समय देखि फ्रेन्च युवा स्टार किलियन एम्बाप्पे भित्र्याउने योजनामा छ। तर यस अगाडीका प्रयासहरु खेर गैसकेका छन्। यस पटक पनि एम्बाप्पे भित्र्याउन नसकिएको अवस्थालाई मद्यनजर गर्दै रियलले प्लान ‘बि’मा भिक्टोर ओसिमहेनलाई राखेको बुझिएको छ।

ओसिमहेन हाल नेपोलीसँग नयाँ सम्झौतामा हस्ताक्षर गर्ने क्रममा छन्। यस सम्बन्धमा दुवै पक्ष बीच मौखिक सहमति समेत भइसकेको छ। सम्झौतामा रिलिज क्लज रहने जानकारी बाहिर आइसकेको छ।

रिलिज क्लज १ सय ३० मिलियन युरो आसपास हुने अनुमान गरिएको छ। एम्बाप्पे भित्र्याउन नसकिएको खण्डमा १ सय ३० मिलियन युरो खर्च गरे ओसिमहेनलाई भित्र्याउन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *