September 19, 2024

एजेन्सी – साउदी प्रो लिगले आउने समयमा कुनै पनि हालतमा प्रिमियर लिग क्लब लिभरपुलका स्टार मोहम्मद सलाहलाई भित्र्याउने योजना बनाएको छ।

गत समर ट्रान्सफर विन्डोमा सलाह भित्र्याउने योजना असफल भएपनि साउदीले सलाहलाई प्राथमिकतामा राखेर भित्र्याउने योजना बनाएको विभिन्न खेल मिडियाहरु बताउँछन्।

साउदी क्लब अल इतिहादले गत समर ट्रान्सफर विन्डोमा सलाहका लागि २ सय मिलियन युरो भन्दा बढी रकमको प्रस्ताव पठाएको थियो। तर लिभरपुलले सो प्रस्ताव अस्विकार गरेको थियो।

डेली मेलका अनुसार, मध्य पूर्वी लीगले भूतपूर्व चेल्सी स्टारलाई गत जनवरीमा अल नासरमा सामेल भएका क्रिस्टियानो रोनाल्डो भन्दा ठूलो ड्रको रूपमा हेरेको छ।

सलाह अरब क्षेत्रमा पहिला देखि नै चर्चित रहेका कारण त्यसले त्यस क्षेत्रमा साउदी प्रो लिगको महत्व बढाउने साउदीले अपेक्षा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *