September 20, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले अर्को अवार्ड जितेका छन्। सन् २०२३ का विभिन्न व्यक्तिगत अवार्डहरुमा निरन्तर राज गरिरहेका मेस्सीले अर्को अवार्ड जितेका हुन्।

चर्चित फुटबल मिडिया गोल डट कमले हरेक वर्ष प्रदान गर्दै आएको वर्ष पुरुष खेलाडीको अवार्ड मेस्सीले जिते। मेस्सी सन् २०२३ को गोल ५० पुरुष अवार्ड विजेता बने।

गोल ५० वर्ष पुरुष अवार्डका लागि गरिएको अनलाइन भोटिङमा मेस्सीले म्यानचेस्टर सिटीका नर्वेली युवा एर्लिङ हालाण्ड, रियल म्याड्रिडका जुड बेलिङ्घम र पेरिस सेन्ट जर्मेन(पिएसजी)का किलियन एम्बाप्पेलाई पछि पारे।

मेस्सीले गत वर्ष पनि यस अवार्ड जितेका थिए। मेस्सी गत वर्ष छैठौं पटक गोल ५० को अवार्ड जितेका थिए। जससंगै उनी सबै भन्दा बढी गोल ५० अवार्ड जित्ने खेलाडी बनेका थिए।

यस वर्षको अवार्ड मेस्सीको सातौं हो। यस मामलामा मेस्सी पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो भन्दा २ अवार्डले अगाडी छन्। रोनाल्डो अहिले सम्म ५ पटक गोल ५० पुरुष वर्ष खेलाडी घोषित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *