September 19, 2024

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड आवद्ध हुन तयार भइसकेका ब्राजिलियन युवा स्टार एन्ड्रिकले रियल म्याड्रिडसंग उपाधि नै उपाधि जित्ने आफ्नो चाहना रहेको बताएका छन्।

हालसालै एक कुराकानीका क्रममा एन्ड्रिकले रियल म्याड्रिडसंग ला लिगा र च्याम्पियन्स लिग जस्ता कयौं उपाधि जित्ने आफ्नो सपना रहेको सुनाएका हुन्।

रियल म्याड्रिडसंग सम्झैता गरिसकेका एन्ड्रिकले रियल म्याड्रिडसंग रहेर पाँच च्याम्पियन्स लिग र १० ला लिगा उपाधि जित्ने चाहना रहेको सुनाए।

“रियल म्याड्रिडमा रहेर म ५ च्याम्पियन्स लिग र १० लालिगा उपाधि जित्न चाहन्छु।”,उनले भने। कुराकानीका क्रममा उनले रियल म्याड्रिड आफ्नो ड्रिम क्लब रहेको बताउन पनि छुटाएनन्।

आफ्नो बुवा रियल म्याड्रिडको ठूलो फ्यान रहेको र आफू पनि सानै देखि रियलको फ्यान रहेको उनको भनाई छ। एन्ड्रिकका अनुसार उनले सानै उमेर देखि रियलबाट खेल्ने सपना देखेका थिए।

उनले भने,”मेरो बुबा रियलको ठूलो फ्यान हुनुहुन्छ। त्यसैले म पनि रियलको फ्यान हुँ। सानै उमेर देखि मैले रियल म्याड्रिड खेल्ने सपना देखिरहेको छु।”

पाल्मिरासलाई लगातार दोस्रो ब्राजिलियन लिग उपाधि जिताउन मद्दत गरेका एन्ड्रिक १८ वर्षको उमेर पुगेपछि रियल म्याड्रिड आवद्ध हुनेछन्। रियलले उनका लागि ६० मिलियन युरो खर्च गर्ने निर्णय गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *