September 19, 2024

एजेन्सी – लिभरपुलका पूर्व मिडफिल्डर जोर्डन हेन्डरसनले क्रिस्टियानो रोनाल्डोको आगमनपछि आफूले साउदी प्रो लिग (एसपीएल) हेर्न थालेको स्वीकार गरेका छन् ।

एक कुराकानीका क्रममा हेन्डरसनले रोनाल्डो साउदी पुगेपछि साउदी प्रो लिगलाई पछ्याउन थालेको स्वीकार गरेका हुन्। हेन्डरसनले भने,”मैले लिजेन्ड क्रिस्टियानो रोनाल्डो सामेल भएपछि साउदी लिग हेर्न थालेको हुँ”

रोनाल्डो सन् २०२२ को जनवरी ट्रान्सफर विन्डोमा साउदी पुगेका थिए। रोनाल्डो साउदी पुगेपछि युरोपका कयौं स्टार खेलाडी साउदी पुगिसकेका छन्।

रोनाल्डो साउदी पुगेपछि साउदी क्लबमा आवद्ध हुने खेलाडीमा हेन्डरसन पनि छन्। उनी गत समर ट्रान्सफर विन्डोमा प्रिमियर लिग क्लब लिभरपुलबाट अल इत्तिफाक आवद्ध भएका थिए।

करिम बेन्जेमा, जोर्डन हेन्डरसन, एन’गोलो कान्टे, नेयमार र अन्य धेरै सुपरस्टारहरू अहिले विभिन्न एसपीएल पक्षहरूको प्रतिनिधित्व गर्छन्। रोनाल्डोले अल-नासरका लागि धेरै प्रभावशाली प्रदर्शन गरिरहेका छन्।

उनले अल नासरका लागि ४१ खेलमा ३४ गोल गरेका छन् भने १२ असिस्ट दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *