September 19, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो नयाँ अवार्ड जित्ने दौडमा देखिएका छन्। साउदी क्लब अल नासरका लागि सन् २०२३ भर उच्च प्रदर्शन गरेका रोनाल्डो अर्को उपाधि जित्ने दौडमा अगाडी देखिएका हुन्।

रोनाल्डो मद्य पूर्वको उत्कृष्ट वर्ष खेलाडीको मनोनयनमा परेका छन्। सो मनोनयनमा उनी बाहेक करिम बेन्जेमा, रियाद महारेज, मोहम्मद एल शेनावी र सलेम अल-दौसारी छन्।

सो अवार्डका लागि अनलाइन भोटिङ सुरु भइसकेको छ भने भोटिङमा सबै भन्दा अगाडी रोनाल्डो देखिएका छन्। यो समाचार पार्दा सम्म अनलाइन भोटिङमा सबै भन्दा बहि भोट रोनाल्डोले पाएका छन्।

रोनाल्डोले ३९ दश्मलभ ६ प्रतिशत भोट प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी रियाल महारेजले ३९ दश्मलभ १ प्रतिशत भोट प्राप्त गरेका छन्। त्यस्तै तेस्रो स्थानमा १५ दश्मलभ ५ प्रतिशत भोट सहित मोहम्मद एल शेनावी छन्।

चौंथो स्थानमा रहेका सलेम अल-दौसारीले ३ दशमलभ १ प्रतिशत मत प्राप्त गरेका छन्। भोटको मामलामा करिम बेन्जेमा सबै भन्दा पछि छन्। उनले अहिले सम्म २ सय दशमलभ ७ प्रतिशत मात्र भोट प्राप्त गरेका छन्।

 

यस अवार्डका लागि आगामी समयमा रोनाल्डोले अग्रता बढाउँदै लैजाने अनुमान गरिएको छ। साउदी गएदेखि प्रभावशालि ठहरिएका रोनाल्डोको फ्यानबेस धेरै राम्रो भएकाले पनि उनले यो अवार्ड जित्ने बढी सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *