September 19, 2024

एजेन्सी – फ्रेन्च स्टार किलियन एम्बाप्पेका भाइ इथान एमबाप्पेले सिनियर डेब्यू गरेका छन्। इथान एमबाप्पेले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का लागि बुधबार राति डेब्यू गरेका हुन्।

फ्रेन्च लिग वान अन्तर्गत मेट्ज विरुद्धको खेलमा इथानले पहिलो पटक पिएसजीको सिनियर टोलीका लागि खेल। उनले मेट्ज विरुद्धको खेलको इन्ज्युरी समयमा मैदान प्रवेश गर्न पाए।

१६ वर्षिय इथानले म्यानुअल उगार्टेलाई प्रतिस्थापन गर्दै केहि समय आफ्ना दाजु किलियन एम्बाप्पेसंग खेल्ने अवसर पाएका थिए। पिएसजीको सिनियर टोलीमा एम्बाप्पे दाजु-भाइले खेलेको यो पहिलो पटक हो।

मेट्ज विरुद्धको खेलमा पिएसजीले ३-१ को सानदार जित निकाल्यो। सो खेलमा किलियन एम्बाप्पेले पनि गोल गरेका थिए। उनी दुई गोल गर्न सफल भए।

इथान एम्बाप्पे किलियन एम्बाप्पे पिएसजी पुगेपछि सन् २०१७ मा पिएसजीको एकेडेमीमा आवद्ध भएका थिए। इथान पिएसजीको युवा टोलीको महत्वपूर्ण खेलाडी रहँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *