September 19, 2024

एजेन्सी – फ्रेन्च युवा स्टार किलियन एम्बाप्पे २५ वर्ष लागेका छन्। एम्बाप्पे बुधबारबाट २५ वर्ष लागेका हुन्। सन् १९९८ मा जन्मिएका एम्बाप्पे यहि डिसेम्बर २० बाट २५ लागे।

जन्मदिनमा एम्बाप्पेले पिएसजीका लागि सानदार प्रदर्शन गरे। फ्रेन्च लिग वान अन्तरगत एम्बाप्पेले बुधबार राति मेट्ज विरुद्ध उच्च प्रदर्शन गर्दै पिएसजीको जित पक्का गरे।

एम्बाप्पेले मेट्ज विरुद्ध २ गोल गारेका थिए। एम्बाप्पेले दुवै गोल दोस्रो हाफमा गरेका थिए। उनले खेलको ६० औं मिनेटमा भिटिन्हाको पासमा गोल गरेका थिए। त्यस्तै दोस्रो खेल खेलको ८३ औं मिनेटमा आएको थियो।

एम्बाप्पे पछिल्ला सिजनहरु जस्तै यस सिजन पनि पिएसजीका लागि उच्च प्रदर्शन गरिरहेका छन्। एम्बाप्पेले यस सिजन पिएसजीका लागि कुल २२ खेलमा २१ गोल गरेका छन्।

त्यसमद्ये १८ गोल उनले फ्रेन्च लिग वानमा गरेका हुन्। उनले लिग वानका १६ खेलमा २ असिस्ट पनि दिएका छन्। त्यस्तै च्याम्पियन्स लिगका ६ खेलमा उनले ३ गोल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *