September 19, 2024

एजेन्सी – रियल म्याड्रिडमा आवद्ध हुने पक्का भइसकेका ब्राजिलियन उदयीमान खेलाडी एन्ड्रिक फ्रेन्च स्टार इलियन एम्बाप्पेसंग खेल्न पाउनेमा आशावादी छन्।

उनले आफ्नो एम्बाप्पे संगै खेल्ने आशालाई लुकाएनन्। एक कुराकानीका क्रममा एन्ड्रिकले एम्बाप्पे संगै रियलबाट खेल्ने आफ्नो चाहनालाई स्पष्ट रुपमा बताए।

एथलेटिकसँग कुरा गर्दै उनले भिनिसियस जुनियर, रोड्रिगो र एमबाप्पेसंग खेल्न सके केहि राम्रो हुन सक्ने आशा व्यक्त गरे। रियल म्याड्रिड र पूरा टोलीका लागि जे राम्रो हुन्छ त्यो आफूलाई मान्य हुने एन्ड्रिकको भनाई थियो।

“रियल म्याड्रिड र सम्पूर्ण टोलीको लागि जे गर्दा राम्रो हुन्छ, त्यहि गर्दा उचित हुन्छ। म जहिले पनि आफ्नो फुटबल खेलेर खुशी हुन चाहन्छु। स्पष्ट रूपमा भन्नुपर्दा यदि म भिनिसियस जुनियर, रोड्रिगो वा एमबाप्पेसँग खेल्न सक्छु भने यो धेरै राम्रो हुनेछ।”,एन्ड्रिकले भने।

एन्ड्रिक छिट्टै नै रियल म्याड्रिड आवद्ध हुँदैछन्। उनको ब्राजिलियन क्लब पाल्मिरास र रियल म्याड्रिड बीच सम्झौता भइसकेको छ। उनी सन् २०२४ को जनवरी ट्रान्सफर विन्डोबाट रियलका लागि खेल्नेछन्।

रियल म्याड्रिड आगामी समर ट्रान्सफर विन्डोमा फ्रेन्च स्टार किलियन एम्बाप्पेलाई पनि भित्र्याउने योजनामा हुनेछ। रियलले एम्बाप्पेलाई सन् २०२४ मा सित्तैमा पाउन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *