September 19, 2024

एजेन्सी – साउदी प्रो लिगमा अल हिलालले अपराजित यात्रालाई कायमै राखेको छ। सन् २०२३-२४ को सिजन सुरु भएपछि साउदी लिगमा कुनै पनि खेलमा पराजित नभएको अल हिलालले अपराजित यात्रालाई कायमै राखेको हो।

अल हिलालले बिहिबार राति अभामाथि गोल वर्षा गर्दै सानदार जित दर्ता गर्यो। अल हिलालले अभा माथि ७-० को गोल अन्तरको जित निकाल्दै शिर्ष स्थानको पकड थप बलियो बनायो।

अल हिलालको जितमा सेर्गेज मिलिनकोभिच सेभिचले ह्याट्रिक गर्दा अलेक्जान्डर मिट्रोभिच, सालेम अल्दावासरी, मोहमद कानो र रुबेन नेभेसले एक-एक गोल गरे।

अल हिलाल लामो समय देखि साउदी प्रो लिगको शिर्ष स्थानमा छ। यस सिजन अल हिलालले १८ खेल मद्ये १६ खेलमा जित निकालेको छ भने मात्र दुई खेलमा बराबरीमा रोकिएको छ।

अल हिलालको ५० अंक छ। दुई खेल कम खेलेको अल नासर भन्दा अल हिलाल १३ अंकले अगाडी रहेको छ। त्यस्तै पराजित अभा भने सेलिगेसन जोनमा छ।

अभाले यस सिजन १८ मध्ये मात्र ३ खेलमा जित निकालेको छ। यस्तै १० खेलमा पराजय र ५ खेलमा बराबरी सहित उसले १४ अंक बटुलेको छ।

निरन्तर जित निकाल्दै आएको अल हिलाल साउदी प्रो लिगको उपाधि छिट्टै आफ्नो नाम गर्ने दाउमा देखिन्छ। हिलालको यस लय जारी रहे अल नासरले दोस्रो स्थानमै चित्त बुझाउनु पर्ने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *