September 19, 2024

FARO, PORTUGAL - JULY 20: Cristiano Ronaldo of Al Nassr gestures during the Pre-Season Friendly match between Al Nassr and SL Benfica at Estadio Algarve on July 20, 2023 in Faro, Portugal. (Photo by Pedro Loureiro/Eurasia Sport Images/Getty Images)

एजेन्सी – साउदी प्रो लिगमा आज राति अल नासरले अल इत्तिफाकको सामना गर्दैछ। शिर्ष स्थानको अल हिलाललाई पछ्याइरहेको अल नासरले आज राति अल इत्तिफाकको सामना गर्न लागेको हो।

आज अल नासरले पछिल्लो हारको बदला लिने मौका पाउनेछ। यसै सिजनको पछिल्लो खेलमा अल नासर अल इत्तिफाक विरुद्धको खेलमा पराजित हुन पुगेको थियो।

रोनाल्डो नभएको सो खेलमा इत्तिफाक २-१ को गोल अन्तरले विजयी भएको थियो। तर आज भने रोनाल्डो हुनेछन्। रोनाल्डो सहित एक्सनमा उत्रन लागेको अल नासर पक्कै पनि जित निकाल्ने दाउमा हुनेछ।

अल नासर अहिले साउदी प्रो लिगको दोस्रो स्थानमा छ। सिजनका १७ खेल खेल्दा उसले १२ खेलमा जित निकालेको छ भने ३ खेलमा हार बेहोरेको छ। एक खेलमा बराबरी खेलेर अल नासरले ३७ अंक बटुलेको छ।

त्यस्तै इत्तिफाक भने यस सिजनका १७ खेलमा मात्र ६ जित निकालेर आठौं स्थानमा छ। अल नासर र अल इत्तिफाक बीचको खेल शुक्रबार अल नासरको घरेलु मैदानमा अल-अवल पार्क स्टेडियममा हुनेछ। खेल शुक्रबार राति ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ भने भारतीय च्यानल सोनी टेन २ मा हेर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *