September 20, 2024

एजेन्सी – साउदी क्लब अल हिलालका स्टार अलेक्जान्डर मिट्रोभिचले अल नासरका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई भेट्टाएका छन्। साउदी प्रो लिगको नयाँ सिजन सुरु भएपछि लिगको गोल्डेन बुट दौडमा अलेक्जान्डर मिट्रोभिचले रोनाल्डोलाई भेट्टाएका हुन्।

सिजनको सुरुवातमा रोनाल्डो तिब्र गतिमा गोल गर्दै अगाडी बढेपनि अलेक्जान्डर मिट्रोभिचले उनलाई भेट्टाउन सफल भएका छन्। बिहिबार राति अल हिलालका लागि एक गोल गरेसंगै अलेक्जान्डर मिट्रोभिचले रोनाल्डोसंग बराबरी गरे।

रोनाल्डो र मिट्रोभिच दुवैको १६ गोल छन्। रोनाल्डोले साउदी प्रो लिगको जारी सिजनका १५ खेलमा १६ गोल गरेका हुन् भने मिट्रोभिचले १६ खेलमा १६ गोल गरेका हुन्।

अलेक्जान्डर मिट्रोभिचले निरन्तर गोल संख्या बढाएसंगै रोनाल्डोले अब गोल्डेन बुट दौडमा प्रतिष्पर्धी पाएका छन्। केहि समय अगाडी भने गोल्डेन बुट दौडमा एकलौटी रुपमा अगाडी बढेका थिए।

अल नासरका लागि रोनाल्डोले उच्च प्रदर्शन गरिरहँदा अल हिलालका लागि मिट्रोभिच राम्रो प्रदर्शन गरिरहेका छन्। अल हिलाल यति बेला साउदी लिगको शिर्ष स्थानमा छ।

अल हिलाल अल नासर भन्दा १३ अंकले अगाडी छ। दुई कम खेल खेलेको अल नासर यस सिजन तीन खेलमा पराजित हुँदा अल हिलाल भने अपराजित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *