September 19, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका लागि सन् २०२३-२४ को सिजन खासै राम्रो गइरहेको छैन। बार्सिलोना यस सिजन गत सिजन भन्दा धेरै कम्जोर देखिएको छ।

गत सिजन च्याम्पियन्स लिगको समूह चरण बाटै बाहिरिएपनि बार्सिलोनाले लालिगा जितेको थियो। त्यस्तै बार्सिलोनाले गत सिजन स्पेनिस सुपर कप पनि जितेको थियो।

तर यस सिजन बार्सिलोना लालिगा उपाधि होडमा पछि पर्ने देखिएको छ। बार्सिलोना अहिले लालिगाको तेस्रो स्थानमा छ। बार्सिलोनाले सिजनका १८ खेल खेल्दा ११ खेलमा जित निकालेको छ।

पाँच खेलमा बराबरीमा रोकिँदा उसले २ पराजय बेहोरेको छ। बार्सिलोना शिर्ष स्थानको रियल म्याड्रिड र दोस्रो स्थानको जिरोना भन्दा ७ अंकले पछाडी छ।

बार्सिलोना संघर्षरत रहँदा प्रशिक्षक जाभी हर्नान्डेजको क्षमता माथि प्रश्न उठ्न थालेको छ। बार्सिलोनाको कम्जोर लय कायमै रहे जाभीको पद धरापमा पार्ने चर्चा पनि चलिरहेको छ।

तर क्लब श्रोतका अनुसार भने जाभीको पद अहिले सुरक्षित छ। क्लबले तत्कालका लागि प्रशिक्षक परिवर्तनको कुनै योजना बनाएको छैन। प्रशिक्षक परिवर्तन गर्ने भन्दा पनि बार्सिलोनाले जनवरी ट्रान्सफर विन्डोमा केहि खेलाडी भित्र्याएर लयमा फर्किने योजना बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *