एजेन्सी – सन् २०२३ को शिर्ष गोलकर्ताको रुपमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई इंग्लिस फरवार्ड ह्यारी केन र किलियन एम्बाप्पेले पछि पारेका छन्।
आफ्ना क्लबका पछिल्ला खेलहरुमा गोल गरेसंगै एम्बाप्पे र केनले रोनाल्डोलाई पछि पारेका हुन्। केन र एम्बाप्पे दुवै रोनाल्डो भन्दा दुई गोलले अगाडी छन्।
केनले पछिल्लो खेलमा वुल्फ्सबर्ग विरुद्ध एक गोल गरेक थिए भने एम्बाप्पेले मेट्ज विरुद्धको खेलमा दुई गोल गरेका थिए। एम्बाप्पे र केन दुवैले सन् २०२३ मा ५२ गोल गरेका छन्।
त्यस्तै रोनाल्डोले सन् २०२३ मा ५० गोल गरिसकेका छन्। रोनाल्डो साउदी प्रो लिगको गोल्डेन बुट जित्ने अभियानमा छन् भने एम्बाप्पे र केन पनि आफ्नो-आस्फ्नो लिगको शिर्ष गोल कर्ता रहेका छन्।
त्यस्तै सन् २०२३ मा म्यानचेस्टर सिटीका नर्वेली युवा स्टार एर्लिङ हालाण्डले पनि ५० गोल गरेका छन्। फेयेनुर्डका मेक्सिकन खेलाडी सान्टियागो गिमेनेजले सन् २०२३ मा ३९ गोल गरेका छन्।
ग्रीष्ममा रोमामा जोसे मोरिन्होसँग पुन: एकजुट भएपछि उच्च प्रदर्शन गरिरहेका रोमेलु लुकाकुले पनि यस वर्ष ३९ गोल गरिसकेका छन्।