September 19, 2024

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले गज्जबको क्रिसमस र नयाँ वर्ष उपहार पाएको छ। क्रिसमस बिदामा जानु अगाडी महत्वपूर्ण खेलमा जित निकालेसंगै रियललाई लिगको शिर्ष स्थान उपहार मिलेको हो।

बिहिबार राति रियल म्याड्रिडले हातबाट फुत्किसकेको खेलमा जित निकाल्यो। रियलले १० खेलाडीमा समेटिएर पनि बिहिबार राति अलाभेस माथि रोमान्चक जित निकालेको हो।

अलाभेसको घरेलु मैदानमा भएको खेलमा नाचोले रेड कार्ड बेहोरेका थिए। रियल खेलको ५४ औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो। त्यसपछि दबाबमा रहेपनि रियलले खेलको अन्त्यमा गोल गर्दै जित सुरक्षित गर्यो।

रियलका लागि एक मात्र गोल लुकास भाज्क्वेजले गरेका थिए। उनले खेलको निर्धारित ९० मिनेट पश्चात थप भएको दोस्रो मिनेटमा गरेको गोल निर्णायक बन्यो।

गएको केहि समय देखि ला लिगाको शिर्ष स्थानमा रहेको जिरोना पछिल्लो खेलमा बराबरीमा रोकिएको थियो। र बिहिबार जित निकालेपछि रियल शिर्ष स्थानमा उक्लिएको छ।

रियल म्याड्रिड र जिरोना दुवैको समान ४५ अंक छ। तर गोल अन्तरको आधारमा रियल शिर्ष स्थानमा छ। रियल अब लिग लिडरको रुपमा नयाँ वर्षमा प्रवेश गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *