September 20, 2024

एजेन्सी – उरूग्वेका स्टार फरवार्ड लुईस सुआरेजको लियोनेल मेस्सीसंग पुनर्मिलन पक्का भएको छ। सुआरेजले अमेरिकी क्लब इन्टर मियामीसंग सम्झौता गरेसंगै मेस्सी र सुआरेजको पुनर्मिलन अन्ततः पक्का भएको हो।

सुआरेज शुक्रबार मात्रै अमेरिकी मेजर लिग सकर (एमएलएस) टोली इन्टर मियामीमा अनुबन्धित भएका छन्। सुआरेजसंग सम्झौता गरेको सम्बन्दमा मियामीले सामाजिक संजाल मार्फत घोषणा गरेको छ।

सुआरेज सन् २०२३ मा ग्रेमियो सामेल भएका थिए। ग्रेमियो जानु अगाडी सुआरेजले आफ्नो पूर्व क्लब नेसियोनलबाट फुटबल खेलेका थिए। त्यसभन्दा अगाडी उनी एट्लेटिको म्याड्रिडमा थिए।

उनको सहयोगमा एट्लेटिको ला लिगा च्याम्पियन समेत बनेको थियो। एट्लेटिको जानु अगाडी उनी बार्सिलोनामा थिए। उनी लिभरपुलबाट बार्सिलोना पुगेका थिए। लिभरपुल जानु अगाडी उनी आयक्समा थिए।

बार्सिलोनामा हुँदा उनी र मेस्सीले लामो समय संगै खेलेका थिए। दुई मिलेर उनीहरुले बार्सिलोनालाई कयौं उपाधि समेत दिलाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *