September 19, 2024

एजेन्सी – रियल म्याड्रिडको बाटोमा रहेका ब्राजिलियन उदयीमान खेलाडी एन्ड्रिकले रियलका पूर्व खेलाडी क्रिस्टियानो रोनाल्डो आफ्नो आइडल रहेको बताएका छन्।

एक कुराकानीका क्रममा एन्ड्रिकले रोनाल्डो आफ्नो लागि सबैभन्दा ठूलो आइडल रहेको बताएका हुन्। कुराकानीका क्रममा एन्ड्रिकले रोनाल्डोको प्रशंसा नै प्रशंसा गरे।

रोनाल्डो उदाहरणीय र समर्पित खेलाडी रहेको एन्ड्रिकको भनाई छ। उनले भने,”रोनाल्डो मेरो लागि सबैभन्दा ठूलो आइडल हुनुहुन्छ। उहाँले उदाहरणीय, समर्पित खेलाडी भएर सबै रेकर्डहरू तोड्नु भएको छ।”

कुराकानीका क्रममा एन्ड्रिकले रोनाल्डो एक एथलीट भन्दा बढी रहेको बताए। एन्ड्रिकका अनुसार रोनाल्डोबाट सबैले प्रेरणा लिन सक्छन्। सधैं उत्कृष्ट बन्ने र सधैं उपाधि जित्ने रोनाल्डोको चाहनाको प्रशंसा एन्ड्रिकले गरे।

“उहाँ एथलीट भन्दा बढि हुनुहुन्छ। उहाँ त्यस्तो व्यक्तित्व हुनुहुन्छ जो सबैका लागि उदाहरणीय हुनुहुन्छ। उहाँ उत्कृष्ट बन्न चाहनुहुन्छ, उहाँ उपाधि जित्न चाहनुहुन्छ, उहाँ कोसेढुङ्गाहरू हासिल गर्न चाहनुहुन्छ। उहाँ कुनै पनि खेलाडीको लागि प्रेरणा हुनुहुन्छ जो आफ्नो करियरमा अगाडि बढ्न चाहन्छन्।”,एन्ड्रिकले भने।

एन्ड्रिक रियल म्याड्रिड आउने बाटोमा छन्। उनको ब्राजिलियन क्लब र रियल म्याड्रिड बीच सम्झौता भइसकेको छ। उनी सन् २०२४ को समर ट्रान्सफर विन्डोमा रियल आवद्ध हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *