September 20, 2024

एजेन्सी – साउदी प्रो लिगको महत्वपूर्ण खेलमा मंगलबार राति अल नासर र अल इत्तिहाद आमने-सामने हँदैछन्। करिम बेन्जेमाको अल इत्तिहाद र क्रिस्टियानो रोनाल्डोको अल नासर मंगलबार राति आमने-सामने हुन लागेका हुन्।

अल इत्तिहाद अहिले साउदी लिगको छैठौं स्थानमा छ। गत सिजन साउदी प्रो लिगको उपाधि जितेको अल इत्तिहाद यस सिजन भने खासै राम्रो प्रदर्शन गर्न सकिरहेको छैन।

अल इत्तिहादले सिजनका १७ खेल खेल्दा मात्र ८ खेलमा जित निकालेको छ। अहिले सम्म उसले ५ खेलमा हार बेहोरिसकेको छ भने ४ खेलमा बराबरीमा रोकिएको छ। अल इत्तिहादको २८ अंक छ।

त्यस्तै अल नासर भने लिगको दोस्रो स्थानमा रहेको छ। अल नासरले सिजनका १७ खेल खेल्दा १३ खेलमा जित निकालेको छ भने ३ खेलमा हार बेहोरेको छ। एक खेल बराबरी खेल्दै अल नासरले ४० अंक बटुलेको छ।

मंगलबार राति अल नासर आफ्नो उच्चलाई कायम राख्दै जित निकाल्ने दाउमा हुनेछ। खेल अल इत्तिहादको घरेलु मैदानमा हुनेछ। रातको ११ बजेर ४५ मिनेटमा सुरु हुने खेल भारतीय च्यानल सोनी टेन २ मा हेर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *