September 19, 2024

एजेन्सी – अर्जेन्टिनी युवा खेलाडी क्लाउडियो इचेभेरी भित्र्याउन क्याटलान क्लब बार्सिलोना असमर्थ हुने देखिएको छ। आर्थिक संकटका कारण बार्सिलोना इचेभेरी भित्र्याउन असफल हुने देखिएको हो।

बार्सिलोना गएको केहि समय देखि चरम आर्थिक संकटसंग जुधिरहेको छ। आर्थिक संकटका कारण बार्सिलोना ट्रान्सफर मार्केटमा खुलेर खर्च गर्न सकिरहेको छैन।

इचेभेरी भित्र्याउने मामलामा पनि बार्सिलोनालाई आर्थिक संकटले दुख दिने देखिएको छ। विभिन्न खेल मिडियाहरुका अनुदार आर्थिक संकटकै कारण बार्सिलोना इचेभेरी भित्र्याउने दौडबाट ब्याक हुन बाद्य भएको छ।

ट्रान्सफर बजारका जानकार फाब्रिजियो रोमानोले पनि इचेभेरी भित्र्याउने दौडमा बार्सिलोना पछि परिसकेको रिपोर्ट गरेका छन्। इचेभेरी बार्सिलोना आवद्ध हुन सकारात्मक रहेपनि बार्सिलोनाले उनलाई भित्र्याउन कठीन रहेको रोमानोको भनाई छ।

केहि समय अगाडी इचेभेरीले आफू लियोनेल मेस्सीको ठूलो फ्यान रहेको र उनी जस्तै बार्सिलोनाबाट खेल्न चाहेको बताएका थिए। तर बार्सिलोनाबाट खेल्ने उनको सपना केहि समयका लागि पूरा नहुने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *