September 20, 2024

एजेन्सी – म्यानचेस्टर सिटी तथा आर्सनल जस्ता टोलीलाई पराजित गरेको बलियो टोली विरुद्ध म्यानचेस्टर युनाइटेडले जित निकालेको छ। सन् २०२३-२४ को सिजन सुरु भएपछि उच्च प्रदर्शन गरिरहेको एस्टन भिल्लालाई युनाइटेडले पराजित गरेको हो।

मंगलबार राति भएको खेलमा युनाइटेडले घरेलु मैदानमा भिल्ला माथि ३-२ को रोमान्चक जित निकाल्यो। पछिलो हाफमा २-० ले पछि परेपनि युनाइटेले दोस्रो हाफमा ३ गोल गर्दै कम्ब्याक गरेको थियो।

युनाइटेडका लागि अलेहान्द्रो गारान्चोले दुई गोल गर्दा रासमुस होएलण्डले एक गोल गरे। एस्टन भिल्लाका लागि लियन्डर डेन्डोन्कर र जना मिक्गिनले एक-एक गोल गरेका थिए।

यस जित संगै युनाइटेड प्रिमियर लिगको छैठौं स्थानमा उक्लिएको छ। प्रिमियर लिगमा युनाइटेडको यो १० औं जित हो। युनाइटेडले १९ खेलमा ८ हार र एक बराबरी सहित ३१ अंक बनाएको छ।

त्यस्तै भिल्लाले भने युनाइटेडसंग पराजित भएपछि दोस्रो स्थानमा उक्लिने अवसर गुमायो। १९ खेलमा भिल्लाले अहिले सम्म १२ खेलमा जित निकालेर ३९ अंक बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *