September 19, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो सन् २०२३ को सर्वाधिक गोलकर्ता बन्न सफल भएका छन्। मंगलबार राति अल नासरका लागि गोल गरेसंगै रोनाल्डो सन् २०२३ को सर्वाधिक गोलकर्ता बन्न सफल भएका हुन्।

मंगलबार राति अल नासरले अल इत्तिहादको सामना गर्यो। अल इत्तिहादको घरेलु मैदानमा अल नासरले गोल वर्षा गर्दै ५-२ को सानदार जित दर्ता गर्यो।

अल नासरको जितमा रोनाल्डोले दुई गोल गरे। रोनाल्डोले खेलको १९ र ६८ औं मिनेटमा गोल गरेका थिए। दुवै गोल पेनाल्टीबाट आएका थिए। यी दुई संगै सन् २०२३ मा रोनाल्डोको गोलसंख्या ५३ पुगेको छ।

गोलको मामलामा रोनाल्डोले पेरिस सेन्ट जर्मेन(पिएसजी)का किलियन एम्बाप्पे र बायर्न म्युनिखका केनलाई पछि पारे। दुवैले सन् २०२३ मा कुल ५२-५२ गोल गरेका छन्।

बायर्न र पिएसजीका लागि यस वर्षका खेलहरु सकिसकेका छन्। यसको अर्थ अब यी दुवै खेलाडीले रोनाल्डोलाई सन् २०२३ को शिर्ष गोलकर्ताको रुपमा उछिन्न सक्ने छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *