September 19, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले तत्काल नरोकिने संकेत देखाएका छन्। सन् २०२३ भर उच्च प्रदर्शन गर्दै रोनाल्डोले बढ्दो उमेरका बाबजुत नरोकिने संकेत देखाएका हुन्।

छिट्टै ३९ वर्ष पुग्दै गरेपनि रोनाल्डो निरन्तर उच्च प्रदर्शन गर्दै आएका छन्। रोनाल्डोले साउदी अरेबियन क्लब अल नासर आवद्ध हुने निर्णय गर्दै धेरैलाई अचम्म लागेको थियो।

केहिले अब रोनाल्डो सकिए भन्दै टिप्पणी पनि गरे। केहिले रोनाल्डोलाई ‘बुढो खेलाडी’को संज्ञा समेत दिए। तर रोनाल्डोले सबै आलोचनाहरुको मुख बन्द गरिदिएका छन्।

रोनाल्डो सन् २०२३ को सर्वाधिक गोलकर्ता बनिसकेका छन्। सन् २०२३ सुरु भएपछि क्लब र राष्ट्रिय टोलीका लागि रोनाल्डोले ५३ गोल गरिसकेका छन्।

गोलको मामलामा युवा खेलाडी समेत रोनाल्डो भन्दा पछि छन्। एर्लिङ हालाण्ड, किलियन एम्बाप्पे र ह्यारी केन जस्ता खेलाडी गोलको मामलामा रोनाल्डो भन्दा बढी छन्।

हालाण्डले यस वर्ष कुल ५० गोल गरेका छन्। त्यस्तै एम्बाप्पे र केन दुवैले समान ५२ गोल गरेका छन्। दुवैलाई रोनाल्डोले एक गोलले पछि पारिसकेका छन्। अल नासरसंग यस वर्ष अझै एक खेल बाँकी छ। यसको अर्थ रोनाल्डोसंग थप गोल गर्ने अवसर पनि छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *