September 20, 2024

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले अर्जेन्टिनी युवा खेलाडी क्लाउडियो इचेभेरीलाई भित्र्याउने भएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार सिटीले क्लाउडियो इचेभेरीलाई भित्र्याउने भएको हो।

क्लाउडियो इचेभेरी गएको केहि समय देखि निरन्तर चर्चामा छन्। यू-१७ विश्वकपमा उच्च प्रदर्शन गरेपछि उनको चर्चा थप बढेको छ र युरोपका धेरै क्लबहरुले उनी माथि नजर लगाएका छन्।

क्लाउडियो इचेभेरीलाई बार्सिलोना, रियल म्याड्रिड, पेरिस सेन्ट जर्मेन, चेल्सी, म्यानचेस्टर सिटी यस्ता क्लबहरुले भित्र्याउन चाहेको बताइएको छ। तर सो दौडमा सिटी सबै भन्दा अगाडी रहेको विभिन्न खेल मिडियाहरुले जनाएका छन्।

क्लाउडियो इचेभेरीको विषयमा रिभर प्लेट र सिटी बीच एक प्रकारको सहमति भइसकेको दावी बाहिर आएको छ। बाहिरिएको रिपोर्ट अनुसार सिटी र प्लेट २० मिलियन पाउण्डमा सहमत भइसकेका छन्।

यसको आधिकारिक पुष्टि हुन भने बाँकी नै छ। इचेभेरी आगामी समर ट्रान्सफर विन्डो सम्म रिभर प्लेटमै रहने सहमति दुई पक्ष बीच भइसकेको TyC खेलकुद पत्रकार ग्यास्टन एडुलको दावी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *