September 20, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सीलाई ट्रोल गर्दै गरिएको एक कमेन्टले क्रिस्टियानो रोनाल्डोको ‘क्याप्शन चुनौती’ जितेको छ। मेस्सीलाई ट्रोल गर्दै गरिएको एक कमेन्टले रोनाल्डोको इन्स्टाग्राम वालमा सर्वाधिक लाइक बटुल्दै ‘क्याप्शन चुनौती’ जितेको हो।

केहि दिन अगाडी रोनाल्डोले कोनोर म्याकग्रेगरसँगको एक तस्विर इन्स्टाग्राममा पोस्ट गरेका थिए। तस्विरमा रोनाल्डो र म्याकग्रेगर खुलेर हाँसिरहेको देखिएको थियो।

सो तस्विरमा रोनाल्डोको क्याप्सन थियो – ‘सबै भन्दा राम्रो क्याप्शन जित्नेछ’। त्यसपछि सबै उक्त तस्विरलाई ठीक हुने क्याप्सन कमेन्ट सेक्सनमा राख्न थाले।

त्यसमध्ये एकले लेखे – ‘जब उनीहरुले मेस्सी रोनाल्डो भन्दा राम्रो भने’। मेस्सीलाई ट्रोल गर्दै गरिएको सो कमेन्ट रोनाल्डोको सो तस्विरको कमेन्ट सेक्सनमा भाइरल नै भयो।

सो कमेन्टले अहिले सम्म ४७ हजार भन्दा बढी लाइक पाइसकेको छ। यति बेला धेरैले सो कमेन्टलाई रोनाल्डोको ‘क्याप्शन चुनौती’को विजेता घोषणा गरिरहेका छन्।

 

View this post on Instagram

 

A post shared by Cristiano Ronaldo (@cristiano)

Leave a Reply

Your email address will not be published. Required fields are marked *