September 19, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोका एक राष्ट्रिय टोली सहकर्मीले लियोनेल मेस्सी विश्वकप उपाधिकको हकदार रहेको बताएका छन्। वोल्भरह्याम्प्टनका पोर्चुगिज खेलाडी नेल्सन सेमेडोले मेस्सी विश्वकप उपाधिको हकदार रहेको बताएका हुन्।

एक कुराकानीका क्रममा नेल्सन सेमेडोले मेस्सीले विश्वकप उपाधि जितेको देख्दा राम्रो लागेको बताए। मेस्सीले फुटबललाई सबै दिएको कारण मेस्सी विश्वकप उपाधिको हकदार रहेको उनको भनाई छ।

“उहाँले [विश्वकप] जितेको देख्नु साँच्चै राम्रो थियो। फुटबललाई दिएको सबै कुराको लागि पनि उहाँ विश्वकप उपाधिको योग्य थिए र हकदार पनि”,सेमेडोले भने।

सेमेडो ती खेलाडीमा पर्छन्, जसले मेस्सी र रोनाल्डो दुवैसंग खल्ने अवसर पाएका छन्। सेमेडो सन् २०१७ मा बेन्फिकाबाट बार्सिलोनामा आवद्ध भएका थिए।

वुल्भ्समा आवद्ध हुनु अघि उनले तीन वर्ष मेस्सीसंग खेल्ने अवसर पाएका थिए। उनले मेस्सीसंगै रहेर बार्सिलोनाबाट दुई लिग उपाधिहरू, एउटा कोपा डेल रे र एउटा स्पेनिस सुपर कप जितेका थिए।

३० वर्षीय राइट ब्याकले पोर्चुगल राष्ट्रिय टोलीबाट आफ्नो करियरमा क्रिस्टियानो रोनाल्डोसँग २१ पटक खेलिसकेका छन् । उनी २०१९ मा UEFA नेसन्स लिगको उद्घाटन संस्करण जित्ने टोलीमा थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *