September 20, 2024

एजेन्सी – साउदी प्रो लिगको एक नियममा परिवर्तन हुने भएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार विदेशी खेलाडीहरु साउदी प्रो लिग प्रति आकर्षित भएपछि लिगको एक नियम परिवर्तन गर्न लागिएको हो।

लिगले एक टोलीले दर्ता गर्न पाउने विदेशी खेलाडीको कोटालाई बढाउने तयारी गरिरहेको बताइएको छ। हाल साउदी लिगमा ८ विदेशी खेलाडी सम्मा दर्ता गर्न पाउने नियम रहेको छ।

तर अब सो संख्या बढाएर १० सम्म पुर्याउने तयारीमा लिग रहेको रिपोर्टहरु बाहिर आएका छन्। यस सम्बन्धमा लिगका सम्पूर्ण क्लबहरु बीच छलफल चलिरहेको छ।

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो सन् २०२३ को जनवरी ट्रान्सफर विन्डोमा साउदी पुगेपछि त्यहाँ निरन्तर विदेशी खेलाडीहरुको संख्या बढेको छ। समर ट्रान्सफर विन्डोमा कयौं स्टार खेलाडी साउदी पुगेका थिए।

करिम बेन्जेमा, साडियो माने, नेयमार जस्ता खेलाडी समेत साउदी पुगिसकेको अवस्थामा आउने समयमा विदेशी खेलाडीहरुको संख्या थप बढ्ने भएका कारण लिगले नियम परिवर्तनको सोच बनाइरहेको बुझ्न सकिन्छ।j

Leave a Reply

Your email address will not be published. Required fields are marked *