September 19, 2024

एजेन्सी – प्रिमियर लिगको महत्वपूर्ण खेलमा आर्सनल पराजित भएको छ। आर्सनल घरेलु मैदानमै बिहीबार वेष्टह्याम युनाइटेडसँग पराजित हुन पुगेको हो।

घरेलु मैदानमा आर्सनल २-० को गोल अन्तरले पराजित भयो। आर्सनलले पहिलो र दोस्रो हाफ दुवैमा गोल बेहोर्दा एक गोल पनि फर्काउन सकेन। फलस्वरूप आर्सनलले शिर्ष स्थानमा उक्लिने अवसर गुमायो।

बलमा ७५ प्रतिशत नियन्त्रण राख्दै खेलभर कुल ३० प्रहार गरेपनि आर्सनलले कुनै गोल गरेन। आर्सनलले गरेका ८ प्रहार टार्गेटमा थिए। पाहुना टोलीले खेलभर मात्र ६ प्रहार गरेको थियो।

जसमद्ये ३ प्रहार टार्गेटमा थिए। जसमद्ये २ प्रहार गोलमा परिणत भएका थिए। पाहुना टोलीका लागि थोमस साउसेक र मोन्स्टानटिनोस माभरोपोनोसले गोल गरेका थिए।

आर्सनललाई पराजित गरेपछि वेष्टह्याम प्रिमियर लिगको छैठौं स्थानमा उक्लिएको छ। १९ खेलबाट उसले ३३ अंक बनाएको छ। वेष्टह्यामसंग पराजित भएपछि आर्सनल दोस्रो स्थानमा सिमित भएको छ। आर्सनलको ४० अंक छ।

आर्सनल पराजित हुँदा त्यसको फाईदा शिर्ष स्थानको लिभरपुललाई पुगेको छ। आर्सनलको पराजय पश्चात प्रिमियर लिगमा लिभरपुलको स्पष्ट २ अंकको अग्रता भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *