एजेन्सी – विभिन्न खेल मिडियाहरुका अनुसार स्पेनिस महारथी रियल म्याड्रिड फ्रेन्च स्टार किलियन एम्बाप्पेको विषयमा पुरानो गल्ति दोर्याउने पक्षमा छैन।
सन् २०२२ मा रियलले एम्बाप्पे भित्र्याउने निर्णय गरेको थियो। एम्बाप्पेले पनि रियल जाने सोच बनाइसकेका थिए। तर अन्त्यमा एम्बाप्पेले आफ्नो निर्णय बदल्दै पेरिस सेन्ट जर्मेन(पिएसजी)मै रहने निर्णय गरे।
एम्बाप्पेको सो निर्णयले रियललाई ठूलो चोट पुगेको थियो। यस पटक भने रियलले एम्बाप्पेलाई अल्टिमेटम दिएको बताइएको छ। रियल एम्बाप्पेबाट स्पष्ट निर्णयको पर्खाइमा छ।
रियलले एम्बाप्पेलाई जनवरीको मद्य सम्म निर्णय गरिसक्न भनेको विभिन्न खेल मिडियहरुले दावी गरिरहेका छन्। रियल एम्बाप्पेसंग अग्रिम सम्झौता गर्ने पक्षमा रहेको बताइएको छ।
पिएसजी र एम्बाप्पे बीचको सम्झौता यहि सिजनको अन्त्यमा सकिँदैछ। यसको अर्थ एम्बाप्पे जनवरी मै विश्वका जुन सुकै क्लबसंग अग्रिम सम्झौता गर्न खुल्ला हुनेछन्।
एम्बाप्पेले यस अगाडी नै पिएसजीसंगको सम्झौता थप नगर्ने स्पष्ट पारिसकेका छन्। यस्तोमा रियलले एम्बाप्पेसंग जनवरीमै अग्रिम सम्झौता गर्ने योजना बनाएको छ।