September 20, 2024

एजेन्सी – आर्सनलले प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ। आइतबार राति प्रिमियर लिगको २० औं खेलमा पराजय भोगेसंगै आर्सनलले शिर्ष स्थानमा उक्लिने अवसर गुमाएको हो।

आर्सनल आइतबार राति फुलह्यामसंग पराजित हुन पुग्यो। बलमा उच्च नियन्त्रण राखेपनि फुलह्यामको घरेलु मैदानमा भएको खेलमा आर्सनल २-१ को गोल अन्तरले हार्यो।

खेलको सुरुवातमै अग्रता लिएपछि आर्सनललाई त्यसलाई जोगाउन सकेन। पाँचौं मिनेटमा बुकायो साकाले गोल गर्दै खेलमा आर्सनललाई अग्रता दिलाएका थिए।

खेलको २९ औं मिनेटमा राउल जिमिनेजले गोल गर्दै खेल बराबरीमा ल्याए। ५९औं मिनेटमा फुलहमकाबब्बी रिडले गोल गर्दै अग्रता दिलाए र सो गोल नै निर्णायक बन्यो।

कुनै बेला प्रिमियर लिगको शिर्ष स्थानमा रहेको आर्सनल अहिले चौंथो स्थानमा छ। आर्सनलले २० खेलबाट ४० अंक बनाएको छ। त्यत्सै फुलह्याम भने २४ अंक सहित १३ औं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *