September 20, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुका अनुसार फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेले सम्झौता थप गर्नेमा पेरिस सेन्ट जर्मेन(पिएसजी) विश्वस्त रहेको छ।

एम्बाप्पेले सम्झौता थप गर्नेमा पिएसजी ढुक्क रहेको केहि खेल मिडियाहरुले जनाएका हुन्। एम्बाप्पेसंगको सम्बन्ध केहि समय देखि सुधार भएको हुँदा सम्झौता थप हुनेमा पिएसजी विश्वस्त रहेको बताइएको छ।

एम्बाप्पे र पिएसजी बीचको सम्झौता यहि सिजनको अन्त्यमा सकिँदैछ। सम्झौतामा एक वर्ष थपको विकल्प रहेको छ। तर त्यसको लागि एम्बाप्पे पनि राजि हुनु पर्ने हुन्छ।

गत सिजनको अन्त्यमा एम्बाप्पेले सम्झौता थप नगर्ने भन्दै पिएसजीलाई पत्र पठाएका थिए। सो पत्र पश्चात पिएसजी र एम्बाप्पे बीचको सम्बन्ध नराम्रोसंग बिग्रिएको थियो।

तर समयसंगै दुई पक्ष बीचको सम्बन्धमा सुधार आएको बताइएको छ। एम्बाप्पेलाई एक वर्ष सम्झौता थप गर्न फकाउने पिएसजीको योजना रहेको छ।
यस्तो भएको खण्डमा स्पेनिस महारथी रियल म्याड्रिडलाई झड्का लाग्न सक्छ।

रियलले लामो समय देखि एम्बाप्पेलाई भित्र्याउन खोजिरहेको छ। सन् २०२२ मा एम्बाप्पे बाट धोका भइसकेको हुँदा रियल अग्रिम सम्झौता गर्ने योजनामा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *