September 20, 2024

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलका स्टार मोहम्मद सलाहले प्रिमियर लिग गोल्डेन बुटको दौडमा म्यानचेस्टर सिटीका युवा स्टार एर्लिङ हालाण्डलाई भेट्टाएका छन्।

सन् २०२३-२४ को सिजन सुरु भएपछि निरन्तर उच्च प्रदर्शन गर्दै आएका सलाहले प्रिमियर लिग गोलको मामलामा हालाण्डलाई भेट्टाएका हुन्। सन् २०२४ को पहिलो खेलमा दुई गोल गरेसंगै सलाहले हालाण्डलाई भेट्टाए।

सोमबार राति प्रिमियर लिगमा लिभरपुलले न्यूक्यासल युनाइटेडको सामना गर्यो। एनफिल्डमा भएको खेलमा लिभरपुलले ४-२ को सानदार जित दर्ता गर्यो।

चार गोल मध्ये दुई गोल सलाहले गरेका थिए। त्यसमा एक गोल पेनाल्टीबाट आएको थियो। न्यूक्यासल विरुद्ध दुई गोल गरेसंगै सलाहको प्रिमियर लिग गोल संख्या १४ पुगेको छ।

सलाहले कुल २० खेलमा १४ गोल गर्दै ८ असिस्ट दिएका छन्। उता हालाण्डले भने मात्र १५ खेलमा १४ गोल गर्दै ४ असिस्ट दिएका छन्। चोटका कारण हालाण्डले केहि खेल गुमाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *