September 20, 2024

एजेन्सी – बार्सिलोनाका मिडफिल्डर पेड्रीले महान खेलाडी क्रिस्टियानो रोनाल्डोको आलोचना गर्नेहरुलाई मूर्खको संज्ञा दिएका छन्। एक कुराकानीका क्रममा पेड्रीले रोनाल्डोको आलोचना गर्नेहरुलाई मूर्खको संज्ञा दिएका हुन्।

कुराकानीका क्रममा पेड्रीले आफ्नो लागि अर्जेन्टिनी स्टार लियोनेल मेस्सी र रोनाल्डो एउटै स्तरको खेलाडी रहेको बताए। रोनाल्डोलाई नराम्रो भन्ने जति मूर्ख रहेको पेड्रीको भनाई छ।

“सबैभन्दा पहिला म एक फुटबल प्रेमी हुँ। त्यसैले मेस्सी र रोनाल्डो मेरा लागि एकै स्तरका खेलाडी हुन्। क्रिस्टियानो रोनाल्डोलाई नराम्रो भन्‍ने जो कोही मूर्ख हुन् र उनीहरुलाई फुटबल बारे केहि पनि थाहा छैन।”,पेड्रीले भने।

रोनाल्डो ३८ वर्षको उमेरमा पनि उच्च प्रदर्शन गरिरहेका छन्। रोनाल्डो गत वर्ष साउदी क्लब अल नासर आवद्ध भएका थिए। साउदी पुगेपछि पनि रोनाल्डो निरन्तर गोल गरिरहेका छन्।

रोनाल्डो सन् २०२३ मा विश्वको सबै भन्दा बढी गोल गर्ने खेलाडी बने। रोनाल्डोले सन् २०२३ भर क्लब र राष्ट्रको लागि ५४ गोल गरे। उनले गोल गर्ने मामलामा किलियन एम्बाप्पे, एर्लिङ हालाण्ड र ह्यारी केन जस्ता खेलाडीलाई पछि पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *