एजेन्सी – पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले ग्लोब सकरको म्याराडोना अवार्ड जितेका छन्। सन् २०२३ भर उच्च प्रदर्शन गर्दै गोलवर्षा गरेका कारण रोनाल्डोले म्याराडोना अवार्ड जितेका हुन्।
३८ वर्षीय स्ट्राइकरले प्रतिद्वन्द्वी किलियन एमबाप्पे, ह्यारी केन र एर्लिङ हालान्डलाई पछि पार्दै व्यक्तिगत सफलताको आफ्नो प्रभावशाली सूचीमा म्याराडोना अवार्ड थपेका छन्।
रोनाल्डो सन् २०२२ को जनवरीमा साउदी क्लब अल नासर पुगेका थिए। साउदी जाने निर्णय गरेर सबैलाई चकित पारेका रोनाल्डोले आफ्नो खेल कौशलताले पनि सबैलाई चकित पारे।
रोनाल्डोले अल नासरका लागि र पोर्चुगलका लागि कुल ५४ गोल गरे। जुन सन् २०२३ मा कुनै पनि खेलाडीले उच्च गोल हो। यस मामलामा एम्बाप्पे, ह्यारी केन र हालाण्ड पछि परे।
यहि महिना हुने दुबई ग्लोब सकर अवार्ड्सका लागि उच्च गोलकर्ताको रुपमा रोनाल्डोले म्याराडोना अवार्ड हात पार्ने छन्। रोनाल्डो अन्य विभिन्न अवार्ड जित्ने दौडमा पनि छन्।
त्यसको लागि अनलाइन मतदान भइरहेको छ र धेरै अवार्ड दौडमा रोनाल्डो अगाडी छन्। उनले उत्कृष्ट पुरुष खेलाडी, सर्वश्रेष्ठ मध्य पूर्व खेलाडी र फ्यानहरूको मनपर्ने खेलाडीको रूपमा अवार्ड जित्न सक्छन्।
Congratulations to @Cristiano Ronaldo on winning the Globe Soccer’s Maradona Award for Best Goalscorer! 🏆👏 pic.twitter.com/Vho6g6eq58
— Globe Soccer Awards (@Globe_Soccer) January 4, 2024