September 20, 2024

एजेन्सी – प्रिमियर लिग क्लब चेल्सी गाएको केहि समय देखि निरन्तर ओरालो यात्रामा छ। क्लबले नयाँ मालिक पाएपछि ओरालो लागेको चेल्सीको लय अझै फर्किन सकेको छैन।

क्लबका नयाँ मालिकले खुलेर खर्च गर्दा पनि चेल्सी अपेक्षा अनुसार प्रदर्शन गर्न सकिरहेको छैन। गत सिजन १२ औं स्थानमा रहेर सिजनको अन्त्य गरेको चेल्सी हालको सिजनमा प्रिमियर लिगको १० औं स्थानमा छ।

प्रिमियर लिगमा मात्र नभई चेल्सी अन्य प्रतियोगिताहरुमा पनि राम्रो प्रदर्शन गर्न सकिरहेको छैन। मंगलबार राति मात्रै काराबाओ कपमा चेल्सी च्याम्पियनशिप टोली मिडल्सब्रोसँग पराजित भयो।

चेल्सीलाई पराजित गर्ने टोली दोस्रो डिभिजन क्लब हो। दोस्रो डिभिजन क्लबसंग पराजित भएसंगै यति बेला केहि चेल्सी समर्थकले प्रशिक्षक माउरिसियो पोचेटिनोलाई बर्खास्त गर्न माग गरिरहेका छन्।

तर बेलायतबाट एक विभिन्न रिपोर्टहरुका अनुसार माउरिसियो पोचेटिनोको पद हालका लागि सुरक्षित छ। क्लबले माउरिसियो पोचेटिनोलाई तत्काल बर्खास्त गर्ने कुनै योजना बनाएको छैन।

क्लब पोचेटिनोलाई अझै समय दिने पक्षमा रहेको बताइएको छ। पोचेटिनोलाई समय दिनुको विकल्प नरहेकोमा क्लब स्पष्ट रहेको बेलायती मिडियाहरु बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *