September 20, 2024

एजेन्सी – युट्युब सेन्सेसन IShowSpeed स्पष्ट रुपमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोका फ्यान हुन्। रोनाल्डोकै फ्यान भएका कारण युट्युबमा चर्चा कमाएका उनी धेरै जसो रोनाल्डोकै गुणगान गाइरहेका देखिन्छन्।

हालसालै स्पिडले ब्राजिलियन रोनाल्डोलाई भेट्ने अवसर पाए। स्पिडले ब्राजिलियन लेजेण्डलाई भेट्ने मात्र नभई उनको कोठामै पुग्ने अवसर पाए। जहाँ स्पिडले रोनाल्डोको गेमिङ सेटअप सँग-संगै ट्रफीहरु पनि देख्न पाए।

रोनाल्डोले स्पिडलाई बालोअ डी’ओरको उपाधि पनि छुने अवसर दिए। त्यसक्रममा रोनाल्डोले मेस्सी र क्रिस्टियानो रोनाल्डोसंग आफूसंग भन्दा धेरै बालोन डी’ओर रहेको बताए।

रोनाल्डोले त्यसो भन्दा स्पिडले जे भन्छन्, त्यसले धेरैलाई चकित बनाउन सक्छ। स्पिड भन्छन् – ‘मेस्सी होइन रोनाल्डोसंग धेरै बालोन डी’ओर छ। मलाई मेस्सी मन पर्दैन। उनी भन्दा क्रिस्टियानो धेरै राम्रो छन्।’

स्पिडको यस्तो भनाई सुन्दा रोनाल्डोलाई हाँसउठ्छ। उनी मेस्सी र रोनाल्डो दुवैलाई आफू मन पराउने बताउँछन्। उनी भन्छन्,’मलाई दुवै मन पर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *