September 19, 2024

एजेन्सी – स्पेनिस सुपर कप उपाधिका लागि क्याटलान क्लब बार्सिलोना र रियल म्याड्रिड आमने-सामने भएका छन्। स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोना र रियलको भेट हुने तय भएको हो।

बिहिबार राति बार्सिलोनाले ओसासुनालाई पराजित गर्यो। साउदी अरेबियामा भएको खेलमा बार्सिलोनाले ओसासुनालाई २-० को गोल अन्तरले पराजित गर्न सक्यो।

ओसासुना विरुद्ध बार्सिलोनाले बलमा राम्रो नियन्त्रण राखेर खेलेको थियो। बलमा बार्सिलोनाको कुल ६८ प्रतिशत नियन्त्रण थियो। खेलभर बार्सिलोनाको तर्फबाट कुल २० प्र-हार भएका थिए। जसमद्ये ७ प्र-हार टार्गेटमा थिए।

बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्की र लामिन यामलले गोल गरे। पहिलो हाफमा कुनै पनि टोलीले गोल गर्न नसकेपनि खेलको ५९ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए।

त्यस्तै यामलले भने इन्ज्युरी समयमा गोल गरेका थिए। निर्धारित ९० मिनेट सकिएपछि थप भएको तेस्रो मिनेटमा गोल गर्दै यामलले बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए।

अब उपाधिका लागि बार्सिलोना र रियल म्याड्रिड आमने-सामने हुनेछन्। रियलले बुधबार एटलेटिको म्याड्रिडलाई ५–३ ले पराजित गरेको थियो। रियल र बार्सिलोना बीचको खेल आइतबार राति हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *