एजेन्सी – बार्सिलोनाका युवा सेनसेसन लेमिन यामलले नयाँ रेकर्ड बनाएका छन्। १६ वर्षको उमेरमै बार्सिलोनाका लागि सानदार प्रदर्शन गरिरहेका यामलले नयाँ रेकर्ड बनाएका हुन्।
स्पेनिस सुपर कपमा बिहिबार राति बार्सिलोनाले ओसासुनाको सामना गर्यो। साउदी अरेबियामा भएको खेलमा बार्सिलोना २-० को गोल अन्तरले विजयी भयो।
बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्की र लामिन यामलले गोल गरे। यामलले खेलको इन्ज्युरी समयमा गोल गरेका थिए। निर्धारित ९० मिनेट सकिएपछि थप भएको तेस्रो मिनेटमा गोल गर्दै यामलले बार्सिलोनाको जित पक्का गरेका थिए।
यामल खेलको ४२ औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए। ओसासुना विरुद्धको खेलमा गोल गरेसंगै यामल स्पेनिस सुपरकपमा गोल गर्ने सबै भन्दा कान्छो खेलाडी बनेका छन्।
यामलले बार्सिलोनाका लागि यस सिजन बार्सिलोनाका लागि २६ खेल खेलिसकेका छन्। उनले बार्सिलोनाका लागि २ गोल गरेका छन् भने ४ असिस्ट दिसकेका छन्।
⚽ ¡¡𝗚𝗢𝗢𝗢𝗢𝗢𝗢𝗟 del @FCBarcelona!!
🌟 𝗠𝗔́𝗚𝗜𝗖𝗢 Joao Félix
🔝 𝗗𝗘𝗖𝗜𝗦𝗜𝗩𝗢 Lamine Yamal🆚 @FCBarcelona – @Osasuna | 2-0 | 93′
📺 @MovistarFutbol#superSupercopa pic.twitter.com/cvVqq9nWQC
— RFEF (@rfef) January 11, 2024