December 23, 2024

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी) स्टार किलियन एम्बाप्पेका प्रतिनिधिहरूले उनको भविष्यलाई लिएर निर्णय हुन अझै बाँकी रहेको स्पष्ट परेका छन्।

विभिन्न खेल मिडियाहरुमा एम्बाप्पे रियल म्याड्रिड आवद्ध हुन सहमत भइसकेको खबर आएपछि एम्बाप्पेका प्रतिनिधिहरूले फ्रेन्च स्टारले आफ्नो भविष्यलाई लिएर निर्णय गर्न बाँकी नै रहेको स्पष्ट पारेका हुन्।

प्रतिनिधिहरूले एम्बाप्पेले रियल म्याड्रिड जाने निर्णय गरिसकेको भन्दै आएका खबरहरुलाई सिधै खारेज गरेका छन्। एम्बाप्पेको भविष्यलाई लिएर छलफल हुन बाँकी नै रहेको बताइएको छ।

“किलियनको भविष्यको वरिपरि कुनै सम्झौता भइसकेको छैन, विशेष गरी यस बारे कुनै छलफल सुरु भएको छैन,” फरवार्डका प्रतिनिधिहरूले आरएमसी स्पोर्टलाई भने।

एम्बाप्पेले गत समर ट्रान्सफर विन्डोमा आफू पिएसजीसंगको सम्झौता थप गर्ने पक्षमा नरहेको स्पष्ट पारेका थिए। त्यसपश्चात पिएसजी र एम्बाप्पे बीचको सम्बन्द बिग्रिएको थियो।

जसकारण उनी रियल म्याड्रिड आवद्ध हुने चर्चा चलिरहेको छ। तर पछिल्लो समय उनी र क्लब बीचको सम्बन्ध केहि सुधारिएको छ। एम्बाप्पेले सिजनको अन्त्यमा आफ्नो भविष्य बारे निर्णय लिने बताइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *