September 20, 2024

एजेन्सी – म्यानचेस्टर युनाइटेडका पूर्व मिडफिल्डर गोर्डन स्ट्राचनले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोसँग अलग हुने निर्णय गरेर म्यानचेस्टर युनाइटेड ले राम्रो गरेको बताएका छन्।

हालसालै एक कुराकानीका क्रममा स्ट्राचनले रोनाल्डोसंग अलग हुने युनाइटेडको निर्णय सहि रहेको बताएका हुन्। जसले जे भने पनि रोनाल्डोले आफ्नो उत्कृष्ट पार गरिसकेको स्ट्राचनको भनाई छ।

कुराकानीका क्रममा स्ट्राचनले रोनाल्डोले आफ्नो उत्कृष्ट पार गरिसकेको भएपनि गोल भने गरिरहेको बताउन छुटाएनन्। ३८ वर्षका खेलाडीको वरिपरी स्क्वाडको निर्माण गर्दा टोलीलाई फाइदा भन्दा बेफाइदा हुने स्ट्राचन मान्छन्।

“पक्कै पनि उनले क्लब छाड्नै पर्ने थियो। क्लबले उनीसंग अलग भएर राम्रो गर्यो। जसले जे भने पनि रोनाल्डोले आफ्नो उत्कृष्ट पार गरिसकेका छन्। यो सत्य हो कि उनले गोल गरिरहेका छन्। तर ३८ वर्षका खेलाडी वरिपरी स्क्वाड निर्माण गर्दा युनाइटेडलाई पक्कै पनि हानि भयो।”,स्ट्राचनले भने।

रोनाल्डो सन् २०२२ को समर ट्रान्सफर विन्डोमा युनाइटेड फिर्ता भएका थिए। तर रोनाल्डोका लागि युनाइटेड बसाई खासै राम्रो हुन सकेन। युनाइटेडमा कम अवसर पाउन थालेपछि रोनाल्डोले एक अन्तर्वार्ताका क्रममा क्लब विरुद्ध विभिन्न आरोप लगाए।

जसपश्चात उनी र क्लब बीचको सम्बन्ध थप बिग्रियो र आपसी समझदारीमा सम्झौता रद्द गरियो। त्यसपश्चात रोनाल्डो साउदी पुगे। रोनाल्डोले सन् २०२३ भर कुल ५४ गोल गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *