September 20, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सी र उरुग्वेली स्टार लुइस सुआरेज पुनः एकै क्लबमा छन्। मेस्सी र सुआरेज अब एक पटक पुनः एक-अर्काको उत्कृष्ट खेल कौशलताको मज्जा लिन जुट्नेछन्।

मेस्सी गत समर ट्रान्सफर विन्डोमा इन्टर मियामी आवद्ध भए भने सुआरेज केहि समय अगाडी मात्रै इन्टर मियामी आवद्ध भएका हुन्। मेस्सी र सुआरेज मिलेर मेजर सकर लिगमा तहल्का मच्चाउने योजनामा छन्।

मेस्सी र सुआरेजले मियामीमा प्रशिक्षण सुरु गरिसकेका छन्। लामो छुट्टि पछि इन्टर मियामी प्रि-सिजन प्रशिक्षणमा होमिएको छ र त्यसमा सुआरेज पनि सहभागी छन्। मियामीले सामाजिक संजालमा एक भिडियो पोस्ट गरेको छ। सो भिडियोमा मेस्सी सँग-सँगै सुआरेज पनि देखिएका छन्।

मेस्सी र सुआरेजले लामो समय बार्सिलोनामा संगै खेलेका थिए। मेस्सी र सुआरेजले बार्सिलोनाका लागि कयौं उपाधि जितेका थिए। मेस्सी र सुआरेजका अलावा बार्सिलोनाका पूर्वखेलाडीद्वय जोर्डी अल्बा र सर्जियो बुस्केट्स पनि मियामीमा छन्।

बार्सिलोनाका चार पूर्व खेलाडी पक्कै पनि आगामी सिजन मियामीलाई थप सफलता दिलाउने पक्षआ हुनेछन्। गत सिजन मियामीले मेजर सकर लिगमा खासै राम्रो गर्न नसकेपनि एक उपाधि जितेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *