September 20, 2024

एजेन्सी – केहि खेल मिडियामा आएका खबरलाई मान्ने हो भने क्याटलान क्लब बार्सिलोना न्यूक्यासल युनाइटेडबाट ब्रुनो गुइमारेसलाई अनुबन्ध गर्न चाहन्छ।

जारी सिजनमा खासै राम्रो प्रदर्शन गर्न नसकिरहेको बार्सिलोनाले आगामी समर ट्रान्सफर विन्डोमा ब्राजिलियन गुइमारेसलाई भित्र्याउने योजना बनाएको विभिन्न खेल मिडियाहरुले जनाएका छन्।

गुइमारेस भित्र्याउन बार्सिलोना क्लबमा रहेका केहि खेलाडीलाई बिक्री गर्न पनि तयार रहेको बताइन्छ। बार्सिलोना खेलाडी सट्टा-पट्टाका लागि पनि तयार रहेको दावी गरिएको छ।

गुइमारेस भित्र्याउन बार्सिलोना जुलेस काउन्डे, एन्ड्रियास क्रिस्टेनसेन र राफिन्हा मद्ये जो सुकैलाई बिक्री गर्न पनि तयार रहेको स्पेनबाट प्रकाशित खेल मिडियाहरुको दावी छ।

गुइमारेस जनवरी २०२२ मा ४० मिलियन पाउण्ड शुल्कमा क्लबमा सामेल भएदेखि न्युक्यासल युनाइटेडका लागि महत्त्वपूर्ण खेलाडीको रुपमा स्थापित भएका छन्। २६ वर्षिय खेलाडीले म्याग्पिजका लागि ८७ खेलमा ११ गोल गरेका छन् र १० असिस्ट प्रदान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *