September 20, 2024

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ। आइतबार राति बार्सिलोनालाई पराजित गर्दै रियलले १३ औं स्पेनिस सुपर कपको उपाधि जितेको हो।

साविक विजेता बार्सिलोनालाई रियलले ४-१ को गोल अन्तरके पराजित गर्यो। बलमा बढी नियन्त्रण राखेपनि गोल गर्न चुक्दा बार्सिलोना रियलसंग पराजित भयो।

रियलका लागि ब्राजिली युवा फरवार्ड भिनिसियस जुनियरले ह्याट्रिक पूरा गर्दा एक गोल भने रोड्रिगोले गरे। त्यस्तै बार्सिलोनाका लागि एक मात्र गोल रोबर्ट लेवान्डोस्कीले गरेका थिए।

रियल पहिलो हाफमै ३-१ को गोल अन्तरले अगाडी थियो। खेलको ७, १० र ३९ औं मिनेटमा गोल गर्दै भिनिसियसले ह्याट्रिक पूरा गरेका थिए। खेलको ३३ औं मिनेटमा बार्सिलोनले एक गोल फर्काएको थियो।

पछि खेलको ६४ औं मिनेटमा गोल गर्दै रोड्रिगोले रियलको जित पक्का गरेका थिए। खेलको ७१ औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटिन पुगेको थियो।

भिनियिसस जुनियरमाथि फउल गरेपछि रेफ्रीले एराउजोलाई दोहोरो पहेलो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए। यस जितसँगै रियलले अघिल्लो वर्ष फाइनलमा हारेको हारको बदला पूरा भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *