September 19, 2024

एजेन्सी – अर्जेन्टिना कप्तान लियोनल मेस्सीले फिफा द बेस्ट २०२३ अवार्ड जितेपछि सामाजिक संजालमा बहस सुरु भएको छ। सन् २०२३ भर उच्च प्रदर्शन गरेका म्यानचेस्टर सिटीका नर्वेली युवा स्टार एर्लिङ हालाण्डलाई पछि पार्दै मेस्सीले अवार्ड जितेपछि सामाजिक संजालमा बहस सुरु भएको हो।

सन् २०२३ भर हालाण्डले कयौं उपाधि जितेपनि मेस्सीलाई अवार्ड दिइएको भन्दै धेरैले फिफाको आलोचना गरिरहेका छन्। त्यसमध्ये धेरैले हालाण्ड ‘लुटिएको’ टिप्पणी गरिरहेका छन्।

फिफा बेष्ट अवार्डमा नेपाली उख्खन ‘काम गर्ने कालु, मकै खाने भालु’ जस्तै भएको भन्दै हालाण्ड समर्थकहरुले फिफाको आलोचना गरिरहेका छन्।

अवार्डका लागि फिफा विश्वकप भन्दा पछिको प्रदर्शनलाई प्राथमिकतामा राखिने बताइएपनि सन् २०२३ मा खासै राम्रो प्रदर्शन गर्न नसकेका मेस्सीलाई अवार्ड दिइएको आरोप हालाण्ड समर्थकको छ।

“हालाण्डले एउटै अवार्ड जित्न नसक्नु फुटबल इतिहासकै सबैभन्दा ठूलो डकैती हो। सन् २०२३ भर गोल वर्षा गर्दै उपाधि नै उपाधि जित्दा पनि अवार्ड भने मेस्सीलाई ? अचम्म छ।”,एकले सामाजिक संजालमा लेखेका छन्।

अर्का एक लेख्छन्,”यस्ता अवार्डको के कुरा गर्ने ? वर्षभर हालाण्डले के-के उपाधि जिते र मेस्सीले के-के जिते त्यसलाई हेरौं न !

Leave a Reply

Your email address will not be published. Required fields are marked *