September 19, 2024

एजेन्सी – बायर्न म्युनिखका प्रबन्धक थोमस टुचेलले रोबर्ट लेवान्डोस्कीको रेकर्ड क्लबका फरवार्ड ह्यारी केनले तोड्न सक्ने दावी गरेका छन्। एक कुराकानीका क्रममा टुचेलले बुन्डेसलिगामा लेवान्डोस्कीले बनाएको ४१ गोलको रेकर्ड केनले तोड्न सक्ने दावी गरेका हुन्।

सन् २०२०-२१ को सिजनमा लेवान्डोस्कीले बुन्डेसलिगामा ४१ गोल गर्दै सर्वाधिक गोलको रेकर्ड बनाएका थिए। बुन्डेसलिगाको एकै सिजनमा कुनै खेलाडीले गरेको सो सर्वाधिक गोल हो।

लेवान्डोस्कीको सो रेकर्ड यस सिजन तोडिन सक्ने सम्भावना छ। यसै सिजन प्रिमियर लिगबाट बायर्न म्युनिख पुगेका केनले बायर्नका लागि बुन्डेसलिगामा २२ गोल गरिसकेका छन्।

उनले मात्र १६ खेलमा आयो संख्यामा गोल गरेका हुन्। ईएसपीएनसँग कुराकानी गर्नेक्रममा टुचेलले लेवान्डोस्कीको सर्वाधिक गोलको रेकर्ड धरापमा रहेको बताए।

फिट हुन सकेको खण्डमा केनले लेवान्डोस्कीको रेकर्ड तोड्न सक्ने टुचेलको विश्वास छ। उनले केनका लागि कुनै सीमा नरहेको पनि बताउन छुटाएनन्।

“यो खतरामा छ। कसैले कहिल्यै विश्वास गर्न सक्दैन कि यो खतरामा छ, तर यो खतरामा छ। हामीलाई अलिकति भाग्य चाहिन्छ। केन फिट रहन आवश्यक छ। मलाई स्पष्ट रूपमा लाग्छ कि ह्यारीको लागि कुनै सीमा छैन।”,टुचेलले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *