September 19, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सी फिफा द बेस्ट २०२३ अवार्ड जित्न सफल भएका छन्। म्यानचेस्टर सिटीका एर्लिङ हालाण्डलाई पछि पार्दै मेस्सीले फिफा बेष्ट अवार्ड जित्न सफल भएका हुन्।

सो अवार्डका लागि फिफा राष्ट्रका सदस्य देशहरूका कप्तान, प्रशिक्षक र पत्रकारले भोट गरेका थिए। मेस्सी र हालाण्ड दुवैले समान ४८ अंक प्राप्त गरे। तर अवार्ड भने मेस्सीको पोल्टामा गयो।

नेपालबाट भोटिङको अधिकार पाएका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले मेस्सीलाई भोट गरेनन्। उनको शिर्ष तीनमा समेत मेस्सी परेनन्। उनले पहिलो स्थानमा सिटी स्टार हालाण्डलाई भोट दिएका थिए।

उनले दोस्रोमा रोड्री र तेस्रोमा केभिन डी ब्रुएनालाई भोट दिएका थिए। नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण लिम्बुले भने पहिलो स्थानमा मेस्सीलाई भोट दिए।

उनले पेरिस सेन्ट जर्मेन(पिएसजी)का फ्रेन्च स्टार किलियन एम्बाप्पेलाई दोस्रो स्थानमा भोट दिँदा हालाण्डलाई तेस्रो स्थानमा राखेका थिए। पत्रकारको तर्फबाट गोल नेपाल डटकमा सञ्चालक विक्रम थापाले भोटिङ गरेका थिए।

उनको पहिलो स्थानमा हालाण्ड रहँदा दोस्रो स्थानमा सिटीका अर्जेन्टिनी स्टार जुलियन अल्भारेज परेका थिए। त्यस्तै मेस्सी तेस्रो स्थानमा रहे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *