September 20, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने क्याटलान क्लब बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले आर्सनलका प्रबन्धक मिकेल अर्टेटालाई जाभी हर्नान्डेजको सम्भावित प्रतिस्थापनको रूपमा हेरिरहेका छन्।

बार्सिलोनाले नोभेम्बर २०२१ मा रोनाल्ड कोम्यानको प्रस्थानपछि जाभीलाई प्रबन्धकमा नियुक्त गरेको थियो। उनले आफ्नो पहिलो पूर्ण सिजन ब्लुग्रानाको कोचको रुपमा क्लबलाई ला लिगा उपाधि र सुपरकोपा डे एस्पाना ट्रफी दिलाए।

तर लालिगा उपाधि रक्षा गर्ने यस सिजनमा भने जाभीले बार्सिलोनालाई खासै राम्रो सफलता दिलाउन सकिरहेका छैनन्। बार्सिलोनाले सुपरकोपा डे एस्पाना उपाधिका लागि रियलको सामना गरेको थियो।

तर बार्सिलोनाले लज्जास्पद हार बेहोर्यो। लालिगाको कुरा गर्ने हो भने बार्सिलोना अहिले लालिगाको चौथो स्थानमा छ। बार्सिलोना शिर्ष स्थानको गिरोना भन्दा ८ अंकले पछि छ।

पत्रकार एड्रियन सान्चेजका अनुसार, क्लबका अध्यक्ष लापोर्टाले आर्टेटालाई सम्भावित प्रतिस्थापनको रूपमा पहिचान गरेका छन्। जाभी अन्तर्गत बार्सिलोनाको खेल थप सुधार हुन सकेन भने उनको पद धरापमा पर्न सक्छ।

उनाई एमरीको बर्खास्ती पछि डिसेम्बर २०१९ मा नियुक्त भएका अर्टेटाले आर्सेनलमा उत्कृष्ट काम गरेका छन्। उनले आर्सनललाई गत सिजन उपाधि नजिक पुर्याएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *